काठमाडौ – नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ । विशेष फिल्मसको प्रस्तुति चर्चित डेउडा गायक सुन्दर राज जोशीको “साईन्स क्याम्पस पस्ती“डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
मौलिक डेउडा सृजनामा पछिल्लो समय तथा बिगत लामो समय देखि आफ्नो छुट्टै पहिचान बनाइसकेकि डेउडा गायिका शोभा थापा र सुन्दरराज जोशीको सुमधुर आवाज रहेको छ । दर्जनौ गितमा स्वर भरिसकेकि गायिका थापा यतिबेला दिन प्रतिदिन चर्चाको सिखरमा चुलिदैछन ।
गायक,संगितकार तथा गितकार सुन्दरराज जोशीको लय तथा उत्कृष्ट शब्द सृजना रहेको उक्त्त गितको म्युजिक भिडियो निर्देशन सुदुरपश्चिममा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल कुशल चर्चित निर्देशक भिम थापाले गर्नुभएको छ । उक्त्त गितको छायांकन चक्र बरालले गरेका हुन भने सम्पादन रविन्द्र थापाले गरेका छन ।
विजय थापाले संगीत संयोजन गरेको यस गीतमा पुष्पा कुवर र दुर्गा बिष्टको दमदार अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई विशेस फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । आशा छ यो गितले पनि बिगतका गित जस्तै आम दर्शक स्रोताले माया गरिदिनुहुनेछ । यस गितका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :