काठमाडौं-बशन्ति लामाको प्रस्तुति गायिका अन्जु पन्तको स्वरमा नयाँ आधुनिक गित “तिम्रो न्यानो अँगालोमा”गीतको म्युजिक भिडियो हाईलाइट नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । यो गीतको लय संगीत संयोजन केबी भण्डारीको रहेको छ भने शब्द निश्चल कल्पनाले लेखेका हुन् ।
मनोज सुबेदीले निर्देशन गरेको म्युजिक भिडियोलाई रेशम दर्लामले छायांकन गरेका हुन् भने मनोज सुबेदीले भिडियो सम्पादन गरेका हुन् । यस म्युजिक भिडियोमा पछिल्लो समय एकाएक चर्चाको सिखरमा चड्दै गरेका मोडल दिपेश कार्की र महिमा लामाको अभिनय रहेको छ । आशा छ यो गीतले पनि बिगतका गीत झैँ चर्चाको सिखरमा पुग्ने छ । यस गीतका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :