काठमान्डौ । नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय कलाकार हरिबहादुर काफ्ले मगरको आवाजमा अर्काे मार्मिक गित घात बजारमा सार्बजनिक भएको छ । विभिन्न प्याटनमा गित गाउदै आउनु भएका कलाकार काफ्लेले नयाँ कलाकार सुमित्रा राना मगर र सविता सुनुवार संगको सहकार्यमा यो गित बजारमा सार्वजनिक गरेको हो ।
रक्षा म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै मार्मिक लोकदोहोरी गीत घातमा कलाकार हरि बहादुर काफले मगर र सुमित्रा राना मगरले आवाज दिएका छन् । सार्वजनिक गितमा सविता सुनुवारको उत्कृष्ठ शब्द तथा तिर्थ विरक्त पाख्रिनको उत्कृष्ठ लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।
गीतमा सारिका केसी , समिर र संगीताको अभिनय रहेको छ । संगितको विभिन्न विद्या स्वर,लय, शब्द संगित सबै क्षेत्रमा सक्रिय कलाकार हरिबहादुर काफ्ले मगरले दर्जनौ गितहरुमा आफ्नो सिर्जनाहरु पस्किसकेका छन् ।
(भिडियो सहित)