मौलिक डेउडा गित लोकेन्द्र बहादुर चन्द र जमुना देवी चन्दको प्रस्तुति “गर्जल तिताबै ताल”को अडियो सार्वजनिक

  • प्रकाशित मिति: शनिबार, माघ २६ २०७५
  • तामाकोशी

काठमाडौं – नेपालि गीतसंगीतको दुनियामा पछीलो समय देउडा गीतको आउने क्रम बढेको छ । नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा शैलेश्वरी उग्रतारा म्युजिक प्रा.लिको प्रस्तुति लोकेन्द्र बहादुर चन्द र जमुना देवीको सयुक्त कोसेली मौलिक डेउडा गित”गर्जल तिताबै ताल”गित सार्वजनिक भएको छ । जसमा सुरेन्द्र सागर भण्डारी र गायिका तुलसी घर्ति मगरको रहेको छ भने लय तथा शब्द सृजना पनि लोकेन्द्र चन्दले गर्नु भएको छ ।

पुराना पुस्ताले जे कुरा सम्मान गर्छ, हामी त्यो भुलिरहेका छौँ । सभ्यता, संस्कृति र परम्परा हाम्रा सम्पत्ति हुन् भन्ने थाहा त छ तर ति सम्पत्तिलाई कसरी हिफाजातका साथ राख्ने भन्ने चिन्ता हामीमा कत्ति पनि छैन । त्यसको प्रमाण भनेको अब हामीले पुराना संस्कृति र कलाहरुलाई नेपालको कुनै ठूलो संग्रहालयमा गएर पनि पाउनेवाला छैनौँ । अहिले यस्तै प्रकारका समस्याहरुले हामीलाई कालान्तरमा धेरै समस्या पार्नेवाला छ ।



मौलिक डेउडा तथा सस्कृति सरक्षक सम्बर्दक प्रकाशजे धामीले बताउनुहुन्छ : नेपालको मौलिक भाका मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा मात्रै गाउने खेलिने गरिन्छ । यसलाई संस्कृतिमा मध्यपश्चिम तथा सुदूरपश्चिमको ढुकढुकी देउडा गीत पनि भन्ने गरिन्छ । यो पछिल्लो समयमा आएर लोप हँुदै गएको छ । देउडा संस्कृतिलाई माया गर्ने श्रष्टाहरुलाई आधुनिक कला, संस्कृतिमा टिक्न र बिक्न समस्या भएपछि देउडा गीत पछिल्लो समयमा लोप हँुदै आएको हो । समयको परिवर्तनसँगै बजारको मागअनुसारका रिमिक्स, आधुनिक, लोक गीतसंगीतहरुले छुट्टै पहिचान बोकेपछि मध्य तथा सुदूरपश्चिमकै देउडा संस्कृति पछिल्लो समयमा संकटमा परेको छ ।

हेर्नहोस् भिडियो :