रेशम थापाको ‘रुमालाई छ चिनो’ चलचित्रको गित सार्वजनिक-बिरही कार्कीले भने अमेरिकाबाट ‘आमा नबस्नु पर्खेर ’(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, माघ २५ २०७५
  • तामाकोशी

काठमाडौं-नेपालि लोकदोहोरी क्षेत्रमा केहि नौलो आयम थपिएसंगै चलचित्रका चलेका चर्चित अनुहार पनि लोकदोहोरी गीतको म्युजिक भिडियोमा देखा परेका छन् । पछिल्लो समय प्रदर्शनको तयारीमा रहेको रेशम थापाको फिल्म ‘रुमालाई छ चिनो’ को प्रचारप्रसार स्वरूप पहिलो गीत सार्वजनिक गरिएको छ । केहि दिन अघि मात्र छायाँकन गरिएको गीतलाई प्रेम दिवस तथा “भ्यालेन्टाइन डे” को अवसर पारेर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘आमा नबस्नु पर्खेर ’ बोलको गीतमा शब्द रेशम थापा र अर्जुन पोख्रेलको रहेको छ भने यसमा संगीत तथा स्वर भने चर्चित लोकदोहोरी गायक बिरही कार्कीले दिएका छन् भने अर्जुन पोखरेल र अन्जु पन्तको पनि आवाज रहेको छ । गायक कार्की अमेरिका रहेर पनि नेपालि गितसंगीतलाई माया मार्न भने सकेका छैनन् । विरही कार्कीका हरेक गित मार्मिक नै हुन्छन भने यो यित पनि मार्मिक नै रहेको छ ।



कार्कीको नेपाली गीत संगीतको क्षेत्रमा एक खम्बा नै हुन् । आमा अनेकौं पिडाहरुको बीच पनि मन्द मुस्कान दिएर आफ्ना सन्तानहरुको भविश्य बनाउनेतिर लम्किन्छन । आफू नखाई नखाई आफ्ना छोराछोरीको पेट भर्छन् । मुखभित्र हालिसकेको गाँस पनि छोराछोरीलाई दिने गर्छन् । घाम–पानी, उकाली–ओराली, दिन–रात केही नभनि कुद्छन्, सन्तानकै लागि । जति प्रशंसा गरे पनि अपुग हुनेछ, आमालाई । हुन त आमाको माया नबुझ्नेलाई आमा को हो ? कुनै मतलबी कुरा नै भएन । तर, जसले आमाको माया, ममता बुझेका हुन्छन् उसले आमालाई राम्रोसँग माया गर्छन् ।

कैयौं पीडा सहेर जन्म दिने भनेकै आमाले हो । आफ्नो दशधारा दूध पिलाएर नाना ताते गर्दै हुर्काउने पनि आमाले हो । सबैभन्दा पहिलो माया साटासाट गर्ने पनि आमा नै हो । जस्ता शब्द भरिभराउ गरेर गीत गाउने गायक कार्कीले केहि समय पछाडी पृथक तथा मार्मिक रोमान्टिक गीत ‘दर्शन छ न्युरेर’ लिएर आउँदै छन् । आमा भाग ४ बजारमा आफ्नो प्रस्तुति ल्याईसकेका कार्कीले आमा भाग ५ दशैमा ल्याउने तयारीमा रहेको लालिगुरास अनलाईनलाई जानकारी दिनुभएको छ ।

फिल्म निर्देशन दिनेश सिङ ठकुरी गरेका हुन् भने गीतलाई बिनोद सापकोटाले खिचेका हुन् । शिब थारुले म्युजिक भिडियो सम्पादन गरेका हुन् । किशोर खतिवडा,संचिता लुईटेल,सुशान्त कार्की,अफसना थापा,रश्मि भट्ट,मिथिला शर्मा,सुरवीर पण्डित,लक्ष्मण बिक्रम बस्नेत,सुरज महरार सन्ध्या खडकालाई चलचित्रमा देख्न सकिने छ ।
भिडियो हेर्नुहोस :