काठमाडौं-मोहन खडका र गायिका कबिता घिमिरेको स्वरमा नयाँ लोकदोहोरी गित “यो आत्मा”को म्युजिक भिडियो म्युजिक नेपालको युटुब मार्फत सार्वजनिक भएको छ । यो गीतको शब्द तथा लय सृजना तेजेन्द्र बुबास रावलले गरेका हुन् ।
यस म्युजिक भिडियोलाई उग्रतारा डिजिटल म्युजिक प्रा.लि ले बजार व्यवस्थापन तथा वितरण गरेको छ ।बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने मिलन विश्वकर्माले भिडियो सम्पादन गरेका हुन् । यस म्युजिक भिडियोमा युवा तथा पछील्लो समय चर्चाको सिखर चुम्दै गरेका मोडल टेक बिष्ट र चर्चित मोडल सगुन शाहीको अभिनय रहेको छ । यस गीतलाई पनि दर्शक स्रोताले मन पराउनेमा हामि ढुक्क छौ बिशेष फिल्मसका संचालक तथा संगीत सयोजक विजय थापा मगरले अनलाईनलाई बताउनु भएको छ ।
हेर्नुहोस भिडियो :
https://youtu.be/OYRvid_FjTA