काठमाडौं-राजेश बिसी र चर्चित गायिका देवी घर्ति मगरको स्वरमा नयाँ लोकदोहोरी गित “हरियो बास”को म्युजिक भिडियो विशेष फिल्मसको युटुब मार्फत सार्वजनिक भएको छ ।यो गीतको शब्द रविन्द्र थापाले लेखेका हुन् । गीतमा नरेश बिबिसीले लय सृजना गरेका हुन् ।
यस म्युजिक भिडियोलाई बिशेष फिल्मसले बजार व्यवस्थापन तथा वितरण गरेको छ । भिम थापाले निर्देशन गरेको म्युजिक भिडियोलाई सबिन भटराई र डीबी रौलेले छायांकन गरेका हुन् भने मिन रावलले भिडियो सम्पादन गरेका हुन् । यस म्युजिक भिडियोमा साया भण्डारी र रविन्द्र थापाको अभिनय रहेको छ । यस गीतलाई पनि दर्शक स्रोताले मन पराउनेमा हामि ढुक्क छौ बिशेष फिल्मसका संचालक तथा संगीत सयोजक विजय थापा मगरले अनलाईनलाई बताउनु भएको छ ।
हेर्नुहोस भिडियो :