कमल सरगम,काठमाण्डौ।नेपाली लोक संगीतका एक नक्षेत्र लोकप्रिय गायक विमल राज क्षेत्रीको सुपारी चाम्रोको भाग दुईको रुपमा ‘अर्थात बुट्टे रुमाल’ बजारमा आएको छ।बजारमा आएको केहि मिनेटमै सर्वाधिक रुचाईएको बुट्टे रुमालले एकाएक चर्चा पाएको छ।सुक्रबार सार्बजनिक भएको उक्त गीत करोडको मन जित्नेमा पक्का छ यो गीतले पनि।
केहि दिन अगाडी ट्रेलर सार्बजनिक गरेर बजारमा ल्याईएको उक्त गीतमा नेपाली चलचित्रकै सर्बाधिक रुचाईएको नायिका प्रियंका कार्की मिसिएकी छिन। बहुचर्चित सर्जक तथा कलाकार एकनारायण भण्डारीको उत्कृष्ट शब्द तथा संगीतमा रहेको उक्त गीत सुपारी चाम्रोको भाग दुईमा बजारमा आएको हो।
माया प्रेम संग जोडिएको उक्त गीतमा नेपाली लोक संगीतलाई केहि फरकता भने दिएको पाईन्छ।सुगम संगीतकि चर्चित गायिका अन्जु पन्तले बिमल राज क्षेत्रीले उक्त गीतलाई आवाज दिएका छन।