काठमाडौं – रक्षा म्युजिक प्रालिको प्रस्तुति जनक साउदको लोकदोहोरी गित “थुक निल्छु घुटु-घुटु”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका पम्फा कडेल र कमेडी कलाकार तथा गायक जनक साउदको सुमधुर आवाजमा रहेको यस गीतमा लय तथा शब्द सिर्जना पनि उनी गायक जनक साउदको रहेको छ ।
अनुप बिकले छायांकन गरेको यस म्युजिक भिडियोलाई सम्पादन भने अमित बिकले गरेका हुन् । पछिल्लो समयका युवा निर्देशक तथा हास्यकलाकार भिम बिष्टले निर्देशक गरेको यस म्युजिक भिडियोमा भिम बिष्ट जसलाई अछ्मी रेखाको उपमाले पनि चिन्ने गर्छन । जनक साउद,अमित बिकर प्रकासको दमदार अभिनय रहेको छ । आशा छ बिगतका गीत जस्तै चर्चाको शिखरमा पुग्नेछ । शुभकामना यो गीतका सवै गायक सर्जक ,मोडल तथा सम्पूर्ण टिमलाई !
हेर्नुहोस भिडियो :