काठमाडौं । जन्ती चढेको बसमा करेन्ट लाग्दा ६ जनाको घटनास्थलमा र घाईते १ जनाकोे मृत्यु भएको छ । धनुषाको सबैलामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उदयपुरबाट धनुषा आउदै गरेको बसमा ११ हजार भोल्टेजको तारले छोएको थियो, ।
घाईतेहरु भन्छन कि यो घटना त् सपना जस्तै लागेको छ । स्थानीयले ठोकेर भनेका छन् कि यो सवै विघुत प्राधिकरणको लापबाहिले यो घटना उत्तपन्न भएको हो । यहि लापरबाहीले गर्दा अकालमा ७ जनाले ज्यान गुमाएका छन् । गाउको बिकास गर्ने बाहानामा बिजिलिका तार लथालिंग बनाउदा घटना भएको हो । स्थानिया सरकारलाई बारम्बार भन्दा पनि चासो नदेखाएको स्थानीयको आरोप छ ।
हेर्नुहोस यो भिडियो :