कलाकार रामकुमार कार्कीको घर त मेरो रामेछाप जिल्ला.. पछि अर्काे धमाकेदार प्रस्तुति “कलियुगका केटा “ बजारमा

  • प्रकाशित मिति: सोमबार, माघ १४ २०७५
  • तामाकोशी

रामेछाप, माघ १४ गते ।
रामेछापका चर्चित कलाकार रामकुमार कार्कीको घर त मेरो रामेछाप जिल्ला.. गितको अपार सफलता पछि अर्काे धमाकेदार प्रस्तुति “कलियुगका केटा“ संगितको बजारमा सार्वजतिक भएको छ ।

बदलिदो फेसन र पश्चिमा सस्कृतिका कारण मानिसको रहन सहन र वोली चालिमा परेको प्रभावको बारेमा ब्याख्या गदैँ गोरखा चौतारी म्युजिक प्रा लिले यो गितको म्युजिक भिडियो बजारमा ल्याएको हो ।
आफनो मौलिक पनलाई त्याग्दै देखासिखी गर्ने परिपाटीलाई गीतको मुख्य विषयबस्तु बनाइएको उक्त गितमा चर्चित कलाकार राम कुमार कार्की र सीता थापाले आवाज भरेका छन् ।



आफनै गाउँमा रहेका चेलिबेटीलाई चिन्न नसकिने कुरा गीतमा गरिएको छ । सन्तोष पौडेलको शब्द तथा लय सिर्जना रहेको छ भने अजय रेग्मीको छायाँकन , विनोद बमको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

“कलियुगका केटा “ गीतको भिडियोमा करिष्ममा, सन्जिव ठकुरी , सौरभ , अरविन ,शम्भु, र राजकुमार कार्कीको अभिनय रहेको छ ।
“कलियुगका केटा “ गीतको हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=H5-GVymY0L0&feature=share&fbclid=IwAR1xYLZMTZ01uVnW2iLCZ15Hq6xeYfKskVbkH6aNlzUZXZJm_mfRbXftQis