मौलिक सृजना कहिले मर्दैन हेर्नुहोस यो भिडियो

  • प्रकाशित मिति: मंगलबार, माघ ८ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ ।

दिपक संगम बिसीको “जा बशन्ति घास काटी ल्या “मौलिक छलिया डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । मौलिक डेउडा गीतको सृजनामा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाइसकेका संगितकार तथा गायक दिपक संगम बिसीको सुमधुर आवाज रहेको छ । दर्जनौ गितमा स्वर भरिसकेका बिसी यतिबेला दिन प्रतिदिन चर्चाको सिखरमा चुलिदैछन ।



यस गीतको लय तथा शब्द सृजना भने स्वयम् गायक आफैले गरेका छन् । यस म्युजिक भिडियोलाई गायक बिसिको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । आशा छ यो गितले पनि बिगतका गित जस्तै आम दर्शक स्रोताले माया गरिदिनुहुनेछ । यस गितका सम्पूर्ण टिमलाई शुभकामना ।