रमेश बिजुली बिसिको निर्देशनमा निरुता खत्री र सागर सुनारको सुमधुर स्वरमा “तेरि सौता ल्याउदो भया”डेउडा गीतको भिडियो सार्वजनिक

  • प्रकाशित मिति: मंगलबार, माघ ८ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली कला संस्कृतिको संरक्षण र प्रबर्द्धन तथा पश्चिमेलि लोकडेउडा गितको संरक्षणको लागि तत्पर हामी सवै सदैव छौ । पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ ।
आर.एस.फिल्मसको प्रस्तुति सागर सुनारको “तेरि सौता ल्याउदो भया”डेउडा गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मौलिक डेउडा सृजनामा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाइसकेकी गायिका निरुता खत्री र गायक सागर सुनारको सुमधुर आवाज रहेको छ । दर्जनौ गितमा स्वर भरिसकेकी गायिका खत्री यतिबेला चर्चाको सिखरमा चड्दै छन ।
नेत्र परियारको लय तथा उत्कृष्ट शब्द सृजना रहेको उक्त्त गितको म्युजिक भिडियो निर्देशन सुदुरपश्चिममा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल कुशल निर्देशक रमेश बिजुली बिसिले गर्नुभएको छ ।



समित परियारले संगित संयोजन गरेको उक्त्त गितको छायांकन तथा सम्पादन सोनु बिकले गरेका छन भने बिनोद बिसि र सबिता सुनारको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई विशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । आशा छ यो गितले पनि बिगतका गित जस्तै आम दर्शक स्रोताले माया गरिदिनुहुनेछ । यस गितका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :