प्रताप दासको नयाँ भिडियो सार्वजनिक ( भिडियो सहित)

  • प्रकाशित मिति: मंगलबार, माघ ८ २०७५
  • तामाकोशी

गायक प्रताप दासको नयाँ म्युजिक भिडियो के नै छ र मरि लानु डिजिटल बजारमा सार्वजनिक भएको छ । डान्सिङ बिट्को रमाइलो भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ।

यस गीतमा अष्ट्रेलियावासी गायक तथा गीतकार प्रदिप चापागाईँ को शब्द, कल्याण सिंहको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ। यस गीतको म्युजिक भिडियोलाई बिकास सुबेदीले निर्देशन गरेका छन्।