कोरियोग्राफर टिकाराम बिसी अब अभिनयमा जम्दै ,टिकाराम बिसिको पहिलो अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक

  • प्रकाशित मिति: बुधबार, माघ २ २०७५
  • तामाकोशी

काठमाडौं – नेपालि गीतसंगीतको बजारमा रबिन्द्र ठकुरीको प्रस्तुति “रेल’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । टेकेन्द्र रोकाय”टि.आर.प्यासी’को शब्द तथा संगीतमा रहेको छ । उक्त गीतमा रविन्द्र ठकुरीको सुमधुर आवाज रहेछ भने साथमा टेकेन्द्र रोकायको र्र्याप रहेको छ । दिपक भण्डारीको निर्देशनमा रहेको उक्त्त भिडियोको छायांकन डीबी रौलेले गरेका हुन् भने सम्पादन राजेश कुमारले गरेका हुन् ।

टिकाराम बिसिको कोरियोग्राफी रहेको उक्त्त भिडियोमा बाबुराजा,अमृता बोहोरा र गित संगीत म्युजिक भिडियोको दुनियामा एक पछी अर्को चर्चाको सिखर चड्दै गरेका कोरियोग्राफर तथा डान्सर टिकाराम बिसिको दमदार अभिनय रहेको छ । लगभग दुई सय म्युजिक भिडियोमा डान्स तथा एक दर्जन भन्दा बढी कोरियोग्राफर गरि सकेका टिकाराम बिसिको भने यो पहिलो अभिनय हो ।
हेर्नुहोस भिडियो :