काठमाण्डौ /नेपालि सांगीतिक बजारमा लोकडेउडा गीतको वर्षा भइरहेको बेला वि-स्टार फिल्मसको प्रस्तुति अरुण कुवर ररोहित कुवरको गित “दिलको भित्तामा”बजारमा आएको छ । भुपेन्द्र राना र अरुण कुवरको उत्कृष्ट शब्द तथा अरुण कुवरको लयमा बजारमा आएको उक्त गीतमा पछिल्लो समय युवा पुस्ताका गायक अरुण कुवर र गौरी परियारको सुमधुर स्वर रहेको छ ।
बिक्रम चौहानको निर्देशनमा रहेको यस म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन्य भने लक्ष्मण चौहानले भिडियो सम्पादन गरेका हुन् । निर्देशक बिक्रम चौहान र छोटो समयमा चर्चाको शिखरमा चडन सफल मोडल टिका जैशिको दमदार अभिनय रहेको छ । यो गीतले पनि केहि उचाईसम्म लाने अपेक्षा गरेका छौ । बिगतका गित झैँ यो गीता पनि चर्चाको सिखरमा रहने नै छ ताकी आम दर्शक स्रोताको पहिलो रोजाईमा रहने छ ।
हेर्नुहोस भिडियो :