नेपाल आईडल फाईनल हुनु केहि घण्टा अगाडी विक्रम बरालको घरबाट आयो यस्तो कहाली लाग्दो खबर ! कसले गर्यो घात, हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: शुक्रबार, पुष ६ २०७५
  • तामाकोशी

काठमाडौँ: नेपाल आइडलको स्टेजमा आएर ऋणमा डुबेको कुरा धेरै प्रतिष्पर्धीले मिडियामै आएर भनिरहेका छन् । पहिलो सिजन बाटै भोट किन्दा ऋण लागेको कुरा केहि प्रतिस्पर्धीले खुलासा गरिसकेका थिए भने दोश्रो शृंखलामा पनि भोट किन्दा ऋण लागेको कुरा खुल्नमा आएको छ । यति बेला अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटि सो ‘नेपाल आइडल’ को दोस्रो संस्करणको फाइनलको तयारी हुँदैछ ।

नेपाल आइडलको अडिसन मै गोल्डेन माइक पाएका बिक्रम बराल सर्वाधिक रुचैएका प्रतिस्पर्धी हुन । यतिबेला बिक्रम्लाई नेपाल आइडल बनाउनको लागि उनका गुरुको संयोजकत्वमा समिति समेत बनेको छ भने समितिले विक्रमको प्रचार प्रसार गरिरहेको छ । यतिबेला देश बिदेशमा रहेका विक्रमका समर्थक मात्रै होइनन उनका आमा बुवा पनि भोट माग्नमा व्यस्त छन् । विक्रमकी आमाले आफ्नो छोरालाई नेपाल आइडल जिताउन गरिरहेको कोसिस र मेहेनतको बारेमा पनि बोलेकी छिन् भने ब्रिकमलाई भोट गर्न जिताउन आफूहरुलाई थुप्रो ऋण लागेको कुरा पनि यसै कुराकानी मार्फत खोले भने, कुराकानीको बिचमा नै भक्कानिइन् पनि ।



अडिसनमा गोल्डेन माइक पाउने भाग्यमानी बिक्रमलाई ट्यालेन्टले मात्र हैन जितको लागी भोटको पनि उत्तिकै जरुरी भएको हुनाले उनीहरुले ऋण काडेरै भएपनि विक्रमलाई भोट गरेका हुन् । बिक्रममा भएको क्षमताले मात्र नभएर जनताको भोटले नेपाल आइडल बनाउन सहयोग गर्ने भएकोले आमा बुवा नै भोट मागिरहेका छन् ।

पोखराका विक्रम बराल पप, क्लासिकदेखि सुगम संगीतका पारखी हुन्। उनले एसएलसीपछि पोखराको त्रिवेणी संगीतालयमा क्लासिकल भोकल सिके। नारायणगोपाल, गुलाम अली र अरुण थापा उनका आइडल हुन्। ‘पहिला–पहिला नवीन के भट्टराईलाई पनि एकदमै सुन्थेँ,’ विक्रम भन्छन्, ‘रक सङ गाउन एकदमै मन पथ्र्यो।’ उनकी आमा पनि संगीत पारखी हुन्। आमाको सपना र बुबाको आशीर्वादले आफू यहाँसम्म आइपुगेको उनी बताउँछन्। ‘भोट गरेर जिताउने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनी भन्छन्, ‘आगामी दिनमा पनि त्यही साथ र सपोर्टको अपेक्षा गरेको छु।’ विक्रमले फिल्म ‘प्रसाद’का लागि गीत गाइसकेका छन्। उनी गोल्डन माइक विजेता पनि हुन्। फत्तेमान राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न’ र एउटा रक प्याटर्नको गीत गाएर उनले गोल्डन माइक जितेका थिए।