अरुको रमिता बन्न म मेरो जवानी र शरीर बेच्दिन – स्मृति मगर

  • प्रकाशित मिति: आइतबार, पुष १ २०७५
  • तामाकोशी

काठमाडौं – पुष १ – छोटो समयमा निकै चर्चा कमाउन सफल भएको नाम हो मोडल तथा डान्सर स्मृति मगर । नवलपरासी जन्मिएकी मगर नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय कहलिएको नाम हो स्मृति मगर ।

स्मृति मगर बिगत लामो समय देखि यसै क्षेत्रमा निरन्तर संघर्ष गरिरहेकी छन । एसएलसी सम्मको अध्ययन गाउँकै विद्यालयबाट सकेसँगै उच्च शिक्षा अध्ययनका लागि काठमाडौं छिरेकि उनको औपचारिक सांगीतिक यात्रा भने दुई वर्ष अगाडिदेखि मात्रै आरम्भ भएको हो । स्मृति मगर सानै देखिनै कला क्षेत्र लाई माया गर्ने मगर आज भोली उनलाई निकै कार्यकर्म हरुको निम्तो आउने गर्छ ।



देशका बिभिन्न ठाउमा आफ्नो प्र्तिभा देखाई सकेकी मगर यो समयमा भने नेपालको बिभिन्न कार्यकर्महरुमा कुदीरहेकी छिन । धेरै भन्दा धेरै म्युजिक भिडियोहरुमा समेत आफ्नो कला देखाई सकेकी मगरको भिडियोहरु केही बजारमा रिलिज भई सकेको छन र केही भने रिलिज हुन बाँकी छ । उनले लोकदोहोरी, आधुनिक, पप लगायतका सबै खाले गीतमा अभिनय गरि सकेकी छन् । आफ्नो मनलाई आफैले ढाटन मिल्ने भए,बिजुलीको तार,आशुको ताल,नरोउ धर्केर,अधुरो नै भयो ईतिहासमा नाम लेखाउन लगायतका गीतमा उनले अभियन गरिसकेकी छन । उनले राजधानीको विभिन्न रोधिमा आफ्नो प्रस्तुति देखाईरहेकी छन ।

आकर्षक जिउडाल भएकि मगर सांगिति क्षेत्रमा होमिएका उनको सांगितीक क्षेत्रप्रति सानै देखि रुची थियो । सानै उमेरदेखि गीत, संगीतमा रमाउने उनी स्कुल देखि नै विभिन्न सांस्कृति कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाउने गर्थिन । आजभोली भने म्यूजिक भिडियो सँगसँगै स्टेज कार्यक्रमहरुमा पनि उनले पर्फमेन्स दिने गरेकि छन् । आफ्नो अभियन यात्रालाई थप उचाइमा पुर्याउन मगर रातदिन खटेर अहिले पनि कामलाई समेत निरन्तरता दिदै अहोरात्र मेहनत गरिरहेकि छन् ।

“आशुको ताल” गितको म्युजिक भिडियोबाट डेब्यु गरेकी मगरले अहिलेसम्म दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन । आफ्नै धारमा टेकेर अघि बढीरहेकी मगर भने अहिलेसम्म मिडियामा आएकी छैनन् । यति संघर्ष गरेर यतिका दर्जनौं म्युजिक भिडियोमा अभिनय गरे पनि अझै स्थापित हुन भने सकेकी छैनन । किन ? चर्चामा आउन सक्नु भएन भनेर सोध्दा यसै विषयमा अन्लाईनसंग कुरा गर्दै मगरले “मलाई यति चाडैं सस्तो लोकप्रियता कमाउन छैन । हो म आउथे होला तर मेरो शरीर सस्तो छैन ।

त्यही भएर पनि म पछि परेको जस्तो मलाई अनुभुती हुन्छ । नेपालि लोकगित संगित हेर्दा जति रमाइलो छ भित्री रुप त्यसको सय गुना फोहोरी पनि छ । निस्वार्थ भन्दा पनि स्वार्थका भुत पालेर बसेका धेरै भेटिन्छन् । कहि कतै त्यसको प्रभाव राम्रा ब्यक्तिलाई नि परेको छ । सवै नराम्रो पनि छैनन् राम्रा पनि छन ।

संगितको कुनै पनि क्षेत्र भित्र पस्न खोज्दा गिद्दे नजर लगाउने धेरै छन । मेलामहत्सवमा बोलाउदा पनि शरीर माग्नेसम्म गर्छन । यौन प्रस्ताव राख्नेसम्मका कुरा गर्छन । ताकी यस्तो कुराले म मात्रै होइन म जस्ता धेरै कलाकारहरु अझै उठन सकेका छैन । चर्चित सबै कलाकारलाई नराम्रो भने मैले भनेकी हैन । आयोजक सवै नराम्रा भने होइन राम्रा पनि छन । समय अनुसार चिन्ह सक्यो र काम गर्न सक्यो भने सफलता एक न एक दिन अवश्य आउँछ भन्ने कुरामा म विश्वस्त छु । कला क्षेत्रमा लागेर आफ्नो देश नेपाललाई संसार भरी चिनाउन चाहान्छु ।