एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन–२ को उत्कृष्ट ४ मा पुग्न सफल रवि वडलाई गृह प्रदेश सुदूरपश्चिम पुगे संगै उनले यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयमा आफ्नो प्रस्तुती दिईरहेका छन् । यसै क्रममा रवी ओड कञ्चनपुरको महेन्द्रनगरमा पुगेका छन् । उनले महेन्द्रनगरको मदन चोक मा करिब आधा दर्जन गित गाउँदै आफुलाई भोट गर्न आग्रह गरेका छन् ।
यस विच रविको स्वागतका लागि हिजो समर्थकले विमानस्थलबाट बाजागाजा सहित धनगढी, अत्तरिया परिक्रमा गराएका थिए । विमानस्थलमै समर्थकसँग कुराकानी गर्दै वडले उत्कृष्ट चारसम्म पुर्याएकोमा समर्थकलाई धन्यवाद दिए । अझै पनि आफूलाई भेट गर्न उनले अपिल गरेका सवै लाई आग्रह गरिरहेका छन् ।
नेपाल आइडल दोस्रो संस्करणमा रवि सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी हुन् । नेपाल आइडलमा अबको बिहीबार हुने प्रस्तुतिपछि हप्ता दिनका लागि भोटिङ खुल्ला रहने छ । यस भन्दा अगाडिको प्रस्तुतिमा १८ घण्टाका लागि मात्र भोटिङ खुल्ला हुँदै आएको थियो ।
नेपाल आइडल २ को ‘उत्कृष्ट ४’ मा पुग्न सफल रवि ओड तनि दिनका लागी आफ्नो गृह प्रदेश सुदूरपश्चिम आएका हुन । रवीले सनिवार कैलालीको लम्कीमा आयोजित महोत्सवमा सहभागिता एवं समकर्थलाई धन्यवाद ज्ञापन सगै मनोरञ्जन दिएका थिए भने आज विहान धनगढीका विभिन्न कलेजमा आफ्नो प्रस्त्ती दिएका थिए । यस क्षेत्रको एक्ला प्रतिस्प्रधी लाई नेपाल आईडल बनाउँन यति वेला सिंगो सुदुरपश्चिम सहित देश तथा विदेश बाट उनका समर्थकले उनलाई साथ दिईरहेका छन् ।
भिडियो हेर्नुहोस :