डेउडा गायिका रेखा जोशीले गाईन अहिले सम्मकै उत्कृष्ट मौलिक डेउडा गित(हेर्नुहोस भिडियो)

  • प्रकाशित मिति: सोमबार, मंसिर १७ २०७५
  • तामाकोशी

काठमाडौं-नेपालि लोक डेउडा सस्कृतिको जग्रेना हाम्रो पहिचान सहित मध्या तथा सुदूरपश्चिमको मौलिक भाव बोकेको भर्खरै मात्र नेपालि लोक डेउडा बजारमा खप्तड डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा फेरी एक अर्को मौलिक डेउडा गित चर्चित गायिका रेखा जोशीको प्रस्तुतिमा “हरिया सौलको“डेउडा गीतको म्युजिक नेपालकको युटुब च्यानलबाट सार्वजनिक भएको छ । पछिल्लो समय डेउडा गीतको शब्द संगीतमा एकक्षत्र राजा गरेका चर्चित सर्जक राजेन्द्र शाह बि पिको शब्द सृजना तथा उत्कृष्ट लय रहेको छ ।

बिगत लामो समय देखि सुदूरपश्चिमका मौलिक डेउडा गीत संगीतको जग्रेनाको लागि संगीतमा लागेका चर्चाको शिखरमा चढ्दै गरेका युवा गायक लालबहादुर धामी र रेखा जोशीको सुमधुर आवाज रहेको छ ।
भिम थापाको निर्देशनमा रहेको गीतको छायांकन हरिश महराले गरेका छन् भने प्रविन रश्मि मगरले सम्पादन गरेको उक्त्त गीतमा युवा मोडल तथा गायक लालबहादुर धामी र पछिल्लो युवा पुस्ताकी मोडलिङ क्षेत्रमा छोटो समयमा नै चर्चाको शिखरमा पुगेकी रोजी कुवरको उत्कृष्ट अभिनय रहेको छ हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
गीतको पुरै म्युजिक यस्तो छ: