नेपाल आईडल २ : शुक्रबारको प्रस्तुतिमा “पफमर अफ द डे” बने अमित बराल – गोल्डेन माइक विजेता नीलिमा बाहिरिँदा नेपाल आइडलको मञ्चमा भयो रुवाबासी

  • प्रकाशित मिति: शुक्रबार, मंसिर ७ २०७५
  • तामाकोसी खबर

काठमाडौं । नेपाल आइडलबाट पोखराकी नीलिमा थापा शुक्रबारको इपिसोडबाट बाहिरिएकी छन्। भर्खरै कक्षा १२ सकाएकी निलिमा नेपाल आइडलमा प्रवेश गरे लगत्तैदेखि आफ्नो स्वरको जादु चलाउन सफल भएकी थिइन् । नीलिमाले आइडलबाट बाहिरिएपछि सधैंभरि गायनलाई नै साथी बनाउने कसम खाइन् । बाहिएको घोषणा भए लगत्तै बोल्ने क्रममा उनले आँखाभरी आँसु पार्दै भनिन् नेपाल आइडलले मलाई विशेष प्रकारको नाम र पहिचान दिएकोछ ।

नीलिमा पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी हुन्। उनीसँग दुई थरी स्वरको जादु छ। बोल्ने बेलामा केही मोटो स्वर निस्कने नीलिमा जब माइक समाउँछिन्, अनि निस्कन्छ उनीभित्रको स्वरको जादु। शुक्रबारको प्रस्तुतिमा पफमर अफ द डे अमित बरालले पाए। सर्वाधिक भोट सुमित पाठकले पाए भने अस्मिता अधिकारी र विक्रम बराल बटम थ्रीमा परे ।