लोक पप,डिजे,आधुनिक,लोकदोहोरी देखि काठ क्षेत्रमा समेत एक क्षत्र राज गर्दै निर्देशक बिक्रम चौहान,हेर्नुहोस अर्को दमदार (भिडियो)

  • प्रकाशित मिति: मंगलबार, मंसिर ४ २०७५
  • तामाकोसी खबर

काठमाडौं-ईन हाउस क्रियसनको प्रस्तुतिमा दिनेश भण्डारी,भुपेन्द्र भण्डारी,मिरा अधिकारि र राम प्रसाद नेपालको सयुक्त लोकदोहोरी गित”बसमा छैन मन”गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । दिनेश भण्डारी र भुपेन्द्र भण्डारीको लय तथा शब्द भित्र रहेको गीतमा चर्चित दिनेश भण्डारी,भुपेन्द्र भण्डारी,सर्मिला श्रेष्ठ र मिरा अधिकारीको सुमधुर आवाजमा रहेको छ ।

चर्चित नृत्य निर्देशक बिक्रम चौहानले निर्देशन गरेको यो म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने अधिनायक मान श्रेष्ठले सम्पादन गरेका हुन् । निर्देशक बिक्रम चौहान यतिबेला निकै नै बेस्त निर्देशकको सुचिमा रहेका छन् । निर्देशक चौहान म्युजिक भिडियो निर्देशन मात्र नभएर यसका साथै आफै पनि म्युजिक भिडियोमा देखिन थालेका छन् । निर्देशन चौहान नेपालि गीतसंगीतका हरेक क्षेत्रका गीतलाई कथावस्तु अनुसार उतार्न माहिर छन् । बिगत लामो समय देखि यहि क्षेत्रमा होमिएका निर्देशक चौहानले अहिलेसम्म लगभग १२ सयको हाराहारी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । चौहान भन्नुहुन्छ – यो क्षेत्रमा आउँन देख्न जति सजिलो छ गर्न त्यो भन्दा गाह्रो रहेको बताउने चौहान मैले निर्देशन गरेका हरेक म्युजिक भिडियोलाई न्याय दिएर काम गर्ने बताएका छन् ।
विष्णु तामाङको संगीत संयोजनमा रहेको यस म्युजिक भिडियोमा निर्देशक बिक्रम चौहान,रिना थापामगर,अनिल भण्डारी र राम कुमार थापाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :