काठमाडौं । तीन साताअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अहिलेसम्म अज्ञात छ रहेको छ ।समाचामा जनाइए अनुसार अहिले सम्म गिरफ्तारीको कारण नखुलाइएको बताइएको छ ।पक्राउ पर्नेमा एनआरएन मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ण ढकाल रहेका छन् ।
कतारको प्रहरीले कार्यक्रमका अतिथिलाई समेतलाई पक्राउ गरेको थियो ।अक्टोबर ५ मा नेपाली कलाकारले आयोजना गरेको कार्यक्रममा गायक प्रकाश सपुतको ‘बोल माया’ गीतमा रोजगारदाताले कामदारलाई दिएको पीडा अभिनयमार्फत् प्रस्तुत गरिएको थियो ।
अरबी पोसाक ९कन्दुरा० लगाएको कतारी मालिकले नेपाली कामदारमाथि ज्यादती गरेको दृश्य देखाइएको थियो ।अक्टोबर १८ मा सादा पोसाकमा आएका प्रहरीले उनीहरूलाई पक्रेको हो । पक्राउ परेकामध्ये शर्मालाई भने गत बिहीबार करिब १५ मिनेट परिवारसँग कुरा गर्न दिइएको बताइएको छ ।