काठमाडौं – नेपालि गितसगीतको दुनियामा रक्षा म्युजिक प्रालिको प्रस्तुति कुशलबाबु खडकाको पूर्वेली गित “झ्यामै लाकुरी”गीतको भिडियो सार्वजनिक भएको छ । डिल्लीराम राईको लय तथा शब्द रहेको यस गीतमा श्रेयासी चेमजोंङ राई र कुशलबाबु खडकाको सुमधुर आवाज रहेको छ । पछील्लो समयका चर्चित निर्देशक बिक्रम चौहानले यस म्युजिक भिडियोको निर्देशन गरेको यस भिडियो छायांकन चर्चित क्यामेराम्यान प्रकास खडकाले गरेका छन् । पदम सुबेदीले सम्पादन गरेको यस म्युजिक भिडियोमा पार्वती राई र सन्जिब सिंह ठकुरीको दमदार अभिनय रहेको छ भने कलारिंग भने अधिनायक मान सेरचनले गरेका हुन् । बजारमा पूर्वेली गीतको खडेरी परेको बेला यो गीतले दर्शक स्रोताको अपार माया पाउने आशा कम्पनीले राखेको छ यो गितसंगै गीतका गायक कुशलबाबु खडकाको सांगीतिक क्षेत्रमा भविष्य उज्जल देखिन्छ । पहिलो गीतनै परिपक्क आवाजका साथ् प्रस्तुत भएका गायक खडका आगामी दिन गीतसंगीत क्षेत्रमा निरन्तर लागिरहेने संग्कल्प गरेको तामाकोशी अनलाइनलाई जानकारी दिनुभाएको छ ।
हेर्नुहोस भिडियो :
पार्वती राईको उत्कृष्ट अभिनयमा पूर्वेली गित “झ्यामै लाकुरी”गीतको भिडियो सार्वजनिक
- प्रकाशित मिति: शुक्रबार, कार्तिक ३० २०७५
- तामाकोसी खबर