चम्कियो फेरी पल साहको भाग्य !आकाशले किन छाडे बिर बिक्रम ?पढ्नुहोस्

  • प्रकाशित मिति: सोमबार, कार्तिक २६ २०७५
  • तामाकोसी खबर

हजुर बुवा बिरामी भएपछि नायक आकाश श्रेष्ठले फिल्म बिर बिक्रम २ छाडेका थिए । आकशले छाडे लगत्तै उक्त फिल्ममा नायक पल शाह अनुबन्धित भएका छन् ।

चाम्स ईन्टरटेन्मेन्टको तर्फबाट प्रेस विज्ञप्ती जारी गर्दै निर्देशक तथा निर्माता मिलन चाम्सले ‘बिर बिक्रम २’ मा पल अनुबन्धित भएको जानकारी गराएका हुन् । ‘बिर बिक्रम २ मा अनुबन्धीत नायक आकाश श्रेष्ठका पुजनिय हजुर बुवा श्री बाल प्रसाद श्रेष्ठको स्वास्थ स्थिती अत्यन्तै नाजुक अवस्थामा रहेको र थप उपचारको लागी दिल्ली लानु पर्ने भएकाले नायक आकाश श्रेष्ठले चलचित्र बिर बिक्रम २ लाई समय दिन नसक्नु भएको कुरा अत्त्यन्त दूःखका साथ जानकारी गराउन चाहान्छौं’, जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘साथै अहिले नायक आकाश श्रेष्ठको ठाँउमा नायक पल शाहा अनुबन्धित भएको पनि जानकारी गराउदछौं ।



आउँदो २०७५ साल ०८ महिना ०३ गते सोमवार देखि छायांकनमा जाने पनि जानकारी गराइएको छ । फिल्ममा बर्षा सिवाकोटी, नाजिर हुसेन र पल मुख्य भूमिकामा रहनेछन् ।