चर्चित नायिका पुजा शर्माले भर्खरै १५ लाख लिएको खुलासा !आखिर केको लागि ?पढ्नुहोस्

  • प्रकाशित मिति: सोमबार, कार्तिक २६ २०७५
  • तामाकोसी खबर

फिल्मी फण्डा । अझैपनि, मधुमास, प्रेम गीत, म यस्तो गीत गाउँछु र रामकहानीमा अभिनय गरिसकेकी नायिका पुजा शर्मा पछिल्लो समय सुदर्शन थापा क्याम्प भित्रको सदस्य जस्तै भएकी छिन् । सुदर्शन थापा क्याम्प मै रहेर पुजाले फिल्म म यस्तो गीत गाउँछु र रामकहानी निर्माणमा समेत हात हालेकी हुन् । फिल्म सम्हालिन्छ मनलाई अर्कै निर्माताले निर्माण गर्न लागेका हुन् ।

जुन फिल्ममा पुजा र सुदर्शन आफैले मोटो पारश्रमिक लिएको बुझिएको छ । फिल्ममा सुदर्शन थापा र पुजा शर्मा भन्ने निर्माताको रुपमा रहने छैनन् । सम्हालिन्छ कहिले म​न​ मनमा पुजा नायिकाको रुपमा मात्र रहनेछिन् । उक्त फिल्ममा पुजाले काम गरे बापत १५ लाख पारश्रमिक दिईएको निर्माण टिमले जनाएको छ । अमित​ कुमार​ ब​स्नेत​ र​ अजित​ कुमार​ थापा फिल्म​का निर्माता हुन्। सम्झैता पत्र १५ लाख नै भएको नायिका पुजा शर्माले स्विकारेकी छिन् ।