तिहार नजिकिदै गर्दा डाक्टरले घेरिदै राजेश हमाल…

  • प्रकाशित मिति: बिहिबार, कार्तिक १५ २०७५
  • तामाकोसी खबर

कार्तिक १५/ नेपाली चलचित्रका महानायक राजेश हमाल परिवारमा डाक्टरले घेरिएका छन्।

यो तिहारमा नायक हमाल डाक्टर दिदीबहिनीबाट घेरिने खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।



हमालकी दिदी रीता बच्चाको डाक्टर हुन्। उनकी अर्की दिदी रेखा गाइनोलोजिस्ट हुन्। उनकी बहिनी रुपा दाँतको डाक्टर हुन्।

राजेकी दिदी रीता ओम नर्सिङ होम, चावहिलमा कार्यरतछिन्। अर्की दिदी रेखा अमेरिकामा छिन्। बहिनी रुपा पनि अमेरिकामै छिन्। उनीहरु उतै चिकित्सा क्षेत्रमा क्रियाशील छन्।

‘उनीहरु सबै डाक्टर। ‘टर’ त म पनि ‘टर’ नै हो। तर, ‘एक्टर’ । भाग्यवस कन्डक्टर भइँन,’ राजेशले हाँस्दै भने।