काठमाडौं,नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गर्दै छाहारी म्युजिक प्रालिको प्रस्तुतिमा राज लक्कीको देउसी भैलो गित”भैलो खेल्यौ”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अशिम कुमार कटुवाल र राज लक्कीको लय तथा उत्कृष्ट शब्द भित्र रहेको यस गीतमा अशिम कुमार कटुवाल र अमृता रायमाझी(रश्मि)को सुमधुर आवाज रहेको छ । समिर थोकरको निर्देशनमा रहेको यो म्युजिक भिडियोको छायांकन शुशील डागीले गरेका छन् । प्रकाश यास्केको सम्पादनमा रहेको यस भिडियोमा रविन लामा र समितको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :
अशिम कटुवाल र अमृता रायमाझी”रश्मि” को यसपालिको देउसी भैलो गित”भैलो खेल्यौ”एकाएक चर्चाको शिखरमा (हेर्नुहोस भिडियो)
- प्रकाशित मिति: शुक्रबार, कार्तिक ९ २०७५
- तामाकोसी खबर