आफ्नो आमाले कलाकार युनिक भोजराज विकलाई यो साल दशै आउदिन नभन भनेपछि…..(भिडियो सहित)

  • प्रकाशित मिति: शुक्रबार, असोज १२ २०७५
  • तामाकोसी खबर

काठमान्डौ, असोज १२ गते–युनिक विफा घिसिङ ।
हिन्दु नेपालीहरुको महानपर्व विजया दशमी तथा शुभ दिपावली पर्वको तिथि नजिकिए संगै धेरै आमाहरु आफ्नो छोरा छोरीको बाटो फर्खाइमा नहुने कुरै भएन । खुसी परिवार सुखि भविश्य निर्माण गर्ने विभिन्न योजना सहित आफु जन्मेको ठाउ, छरछिमेक, आफन्तजन, परिवार बाट टाढिएर पर्देश हानिएका छोराछोरीहरु वर्षको एक दिन दशै तिहारमा घर आउने चलन विगत देखिको परम्परा हो ।
दशै तिहार जस्तो महानपर्वमा आफ्नो सन्तानसंगै बसेर दुखसुखका गफ गरेर मिठा–मिठा खाने, नयाँ–नयाँ लत्ताकपडा लाउने कुन आमाको रहन नहोला ? यस्तै–यस्तै रहरै रहरमा कयौ आमाहरु सम्झेर मात्र बस्न विवश छन् ।
नेपाली लोक संगितका पछिल्ला पुस्ताका हस्ती कलाकार युनिक भोजराज विक आफ्नी आमालाई फोनमार्फत सम्झाउने प्रयासमा छन् तर आमाले मान्नु भएको छैन । “आयो दशै दुखि छ मन… यस्पालीनी आउदिन नभन…. यो साल पनि रुन नपार… छिट्टै गरी फर्कि आउ ए बाबु आउछु भन्दै भाका नसार” युनिक भोजराज विकको उत्कृष्ठ लयमा यो गित नेपाली संगितको बजारमा चर्चित छ । लय, शब्द र स्वर प्रायः सबै विधामा उत्तिकै माहिर युनिक भोजराज विकको २०७५ सालको दशैमा मात्र आधा दर्जन भन्दा बढी दशै गितहरु सार्वजनिक भएका छन् ।
प्रस्तुत “यो साल पनि रुन नपार” भन्ने गितको शब्द सविता अभागी आसुको हो भने सुनितामी परियार र सुदिप शंकरले यस गितमा आवाज भरेका छन् । जिवन खड्का र रश्मि भट्ट को सशक्त अभिनय रहेको यो गित रक्षा म्युजिक कम्पनी मार्फद युट्यवमा सर्वधिक रुचाउने गितहरु मध्येमा परेका छन् ।

(भिडियो सहित)