काठमान्डौ, भदौ ९ गते ।
काठे क्षेत्रकै उत्कृष्ठ तिज गित “तिजको ब्रत” गिति एल्बमले बर्तमान संगितको बजारमा सर्बत्र चर्चा कमाएको छ । विभिन्न एफएम रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकाहरुमा राम्रो स्थान पाए संगै यो गितको चर्चा चुलिदै गएको हो ।
रामेछापको माकादुममा जन्मिएर नेपाली संगितको क्षेत्रमा क्रियाशिल लोक कलाकार रामजी बुढाथोकीको प्रस्तुतिमा रहेको “तिजको ब्रत” गितले छोटो समयमा नेपाली मिडियाहरुमा राम्रै स्थान पाउने गरेका छन् ।
यो गितमा नयन सोडारी चिन्तितको शब्द तथा विष्णु तामाङको संगित र रामजी बुढाथोकी संगै सिता घिमिरेको आवाज सजिएको छ ।
फरक प्याटन सहित विष्णु तामाङको ऐरेन्जरमा रहेको “तिजको ब्रत” गितको अडियो तथा भिडियो मेलमिलाप डिजिटल म्यूजिक कम्पनीले बजार ब्यवस्थापन गरेको छ । (पुरा भिडियो)