काठमान्डौ, असार १२ गते । सेलो गायक बैरागी मोक्तानको गिति एल्वम ‘सेम नाङला काईसाल’ भव्य कार्यक्रम सहित विमोचन हुने भएको छ ।
आउने असार १६ गते शनिबार काठमान्डौको जोरपाटी बाहुनधारामा विभिन्न समाजसेवी व्यक्तित्वहरुको सहभागिता एवं सेलो गायक गायिकाहरुको बेजोड प्रस्तुति सहित विमोचन हुने स्रस्टा बैरागी मोक्तानले तामाकोसी अनलाइनलाई जानकारी दिए । कार्यक्रमको लागि सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
रामेछाप लिखु तामाकोसी गाउपालिका काङवाका स्थानिय स्रस्टा मोक्तानको ‘कातिके पुर्णेको मेलामा’ फापरे सेलो जुहारीको अपार सफलता पछि अब विमोचन हुने ‘सेम नाङला काईसाल’ दोस्रो गिति एल्वम हो । विगत लामो समय देखि सेलो गित संगितमा सक्रिय सेलो गायक मोक्तानले दर्जनौ गित संगितमा आफ्नो कला प्रस्तुत गरि सकेका छन् ।