काठमान्डौ, असार ३ गते ।
नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित कलाकार प्रकाश कटुवालले सुन्दरादेवी सन्देश उत्कृष्ठ लोक दोहोरी पपुलर गायक म्युजिक अवार्ड २०७५ हात पारेको छ । काठमान्डौमा भएको म्युजिक अवार्ड वितरण समारोहमा प्रकाश कटुवाललाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । 
धेरै प्रतिस्पर्धिहरुमध्ये प्रकाशको पक्षमा उल्लेखिय मत प्राप्त भएको आयोजकले जानकारी दिए । कटुवालले भर्खरै मात्र मलेसियामा आयोजित नेपाल टेलिकम नेपाली उत्कृष्ठ म्युजिक अवार्ड २०७५ समेत प्राप्त गरेको छ । रामेछाप जिल्लामा जन्मिएर विगत लामो समय देखि कटुवाल नेपाली लोक दोहोरी गित संगितको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

