हरी बहादुर काफ्ले मगरको गिति एल्वम “फुल फुलेको केलाई हो” ले संगितको बजार हल्लाउदै (भिडियो सहित)

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २० २०७५
  • तामाकोसी खबर

काठमाडौं, २० जेष्ठ । नेपाली लोक संगितको क्षेत्रमा हरी बहादुर काफ्ले मगरको गिति एल्वम “फुल फुलेको केलाई हो” ले संगितको बजारमा छुट्टै पहिचान बनाउने क्रममा छ । छोटो समयमा नै धेरै स्रोता दर्शकले रुचाइएको गित मध्येको एक “फुल फुलेको केलाई हो” को भिडियो केहि समय अगाडी मात्र यूट्यूपमा सार्वजनिक भएको हो ।

पुर्बेली भेगमा अत्यन्त रुचाउने काठे भाकामा तयार पारिएको गीत “फुल फुलेको केलाई हो” रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा यसको चर्चा परिचर्चा बाग्लिदै गइरहेको छ । दर्जनौ गित सगित बजारमा सार्वजनिक गरी दर्शक स्रोताको मन जित्न सफल कलाकार हरि बहादुर काफ्ले मगर पहिला पहिलाको भन्दा “फुल फुलेको केलाई हो” अलि प्रिथक खालको बनेको स्वयम बताउछन् । रामेछापको रामेछाप नगरपालिका वडा नं. २ देउरालीमा जन्मिएर पछिल्लो समयमा संगितकै क्षेत्रमा साधनारत कलाकार हरि बहादुर काफ्ले मगर र पावर्ती कार्कीको उत्कृष्ठ आवाजमा सजिएको उक्त गीत चन्द्र सुर्य फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको हो ।
नन्दिता मगर र हरी बहादुर काफ्ले मगरको शब्द रहेको उक्त गीतको लय भने बाल कुमार श्रेष्ठले गर्नु भएको हो ।
चर्चित मोडल एवम् निर्देशक शंकर बिसी र अस्मिता राना मगरको अभिनय रहेको उक्त गीत भागिरथ गाहा मगरको निर्देशन, सुरेश श्रेष्ठको छायांकनमा नविन घर्ती मगरले भिडियो सम्पादन गरेका छन् । बाँकी भिडियोमा……



(भिडियो सहित)