प्रकाश कटुवालको अर्काे धमाका “छेकेन जामाले…..” बजारमा (भिडियो सहित)

  • प्रकाशित मिति: बिहिबार, चैत्र १५ २०७४
  • तामाकोसी खबर

१५ चैत्र, रामेछाप । पछिल्लो नेपाली लोक संगित बजारको एक हस्ती प्रकाश कटुवालको अर्को उत्कृष्ठ गित “छेकेन जामाले…..” बजारमा सार्वजनिक भएको छ ।
धेरै जसो ठट्यौली गितहरु गाउन रुचाउने गायकको छवि बनाएका प्रकाश कटुवालको आफ्नै शव्द संगितमा हास्य व्यङ्ग्यकै मेलोडीमा उक्त गित सार्वजनिक भएको हो ।

आधुनिक पहिरण र बैशको उत्ताउलोपना शब्दलाई टपक्क टिपेर गितको आकार दिलाएको उक्त गितमा प्रकाश कटुवाल र सिर्जु अधिकारीले आवाज भरिएका छन् । छोटो समयमा धेरैले रुचाएको गितहरु मध्ये “छेकेन जामाले…..” धेरैको नजरमा छाएको संगितको बजारमा प्रष्ट देख्न पाइन्छ । संयौ गितहरुमा आवाज दिइसकेका गायक कटुवाल पछिल्लो समयमा मोडलिङमा समेत पहिचान बनाउने क्रममा देखिन्छ ।



“छेकेन जामाले…..” बोलको म्युजिक भिडियोमा प्रकाश कटुवाल र सिर्जु अधिकारी आफै मोडलिङ गरेको प्रिथक पाटो गित सफल हुनुको एक पक्ष हो भन्न सकिन्छ । थुप्रै गित संगितमा आफ्नै सिर्जनाहरु बढी पस्कने गरेको गायक कटुवालको अर्काे पहिचान हो ।

रामेछाप उमाकुण्ड गाउपालिका ३ कुभुकास्थलीमा जन्मिएका गायक कटुवालको “छेकेन जामाले…..” गितको बाँकी संगितको बजार के कस्तो रहला त्यो भने हेर्न बाँकीनै छ ……..।