फाल्गुण ९,रामेछाप । गायक तथा मोडल शिव सागर मगरले रमिला न्यौपानेलाई बैश हुदै माया गर्न सुझाव दिएको छ । उमेर हुदै माया गर्न नसके पछि पछुताउनु पर्ने उनको चेतावनी छ । समय आउने अनि जाने भएकोले उमेर अथवा जवानी फेरी फर्केर नआउने शिव सागरको तर्क छ ।
गायक तथा मोडल शिवसागरले पछिल्लो समयमा बजारमा सार्वजनिक गरेको गित “आठ आठ माया बैशैमा आठ, पछि फेरी पछुतो पर्ला मायालु” भन्ने गितको बोल हो यो ।
रामेछापको लिखु तामाकोसी गाउपालिका विजुलीकोटमा जन्मिएर नेपाली गित संगितको क्षेत्रमा छुट्टै छाप छोडाउन सफल गायक शिव सागर मोडलिङ पनि गर्ने गरेका छन् । अध्ययन इन्जिनियरिङ तर्फको भएता पनि शिक्षण र काम गराइ अलि फरक रहेको उनकोे विभिन्न विद्यामा गित संगितहरु बजारमा सार्वजनिक छन् ।
विभिन्न संघसंस्स्थामा रहेर सामाजिक काम गर्न रुचाउने शिव सागर रामेछाप सास्कृतिक कलाकार समाजको सक्रिय सदस्य समेत हुन । खुमन अधिकारीको लय तथा रमिला न्यौपानेको शव्दमा उनै शिवसागर मगर र रमिला न्यौपानेले स्वर दिएका छन् ।
विभिन्न विद्यामा क्रियाशिल मगर मोडललिङमा पनि उत्तिकै दखल राख्न सक्ने कलाकार हुन् । प्रकाश भट्टको निर्देशनमा पार्वति राइ संग उनले राम्रो म्यूजिक मिडियो खेलेका छन् ।
(भिडियो सहित)