कमल सरगम
काठमाण्डौ
नेपाली लोक संगीतका सिखर व्यक्ति चर्चित गायक तथा सर्जक बिष्णु खत्री र अनुपा थापाको मार्मिक दशैँ गीत “जहाजको टिकट”बजारमा आएको छ।बिष्णु खत्री र अनुपा थापाको सुमधुर आवाजमा रहेको गीतमा लय तथा शब्द सृजना उनै लोकप्रिय गायक बिष्णु खत्रीले दिएका हुन् ।सुमधुर क्रियसन प्रालिबाट बजारमा आएको उक्त गीत अहिले निकै चर्चामा छ।बजारमा आएको केहि समयमै लाखौको मन जितिसकेको गीतमा अभिनय चर्चित मोडल रन्जिता गुरुङ र गायक बिष्णु खत्रीले गरेका हुन् ।प्रकाश भट्टको उत्कृष्ट निर्देशन र करण चैसिरको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने बिष्णु शर्माको रहेको छ ।गीत निकै उत्कृष्ट बनेको छ ।
भिडियो हेर्नुहोस :
चर्चित गायक बिष्णु खत्री यस बर्षको दशैमा पनि नेपाल आउँन पाउदिन भने पछि घरमा रूहाबसी “हेर्नुहोस”
- प्रकाशित मिति: शुक्रबार, भाद्र १६ २०७४
- तामाकोसी खबर