कमल सरगम
काठमाण्डौ ।
नेपालीहरुको महान पर्व बिजयी दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित प्रतिभासाली सर्जक तथा गायक असिम कुमार कटुवाल र रमिला धमलाको सुमधुर आवाजमा रमिला धमलाको मार्मिक दशैँ गीत “पल्टनेलाई के दशैँ तिहार”बजारमा आएको छ ।असिम कुआर कटुवालको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने चर्चित मोडल आशा खड्का,दिपक थापाको साथमा चर्चित संचारकर्मी रमेश बस्नेतकी छोरी प्रितिसा बस्नेतको पनि अभिनय रहेको छ ।गीतलाई छहारी म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ ।खमेश श्रेष्ठको उत्कृष्ट निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन हरिश महराले गरेका हुन् भने सम्पादन बिकाश ज्ञावालीले गरेका हुन् ।
भिडियो हेर्नुहोस:
चर्चित गायक असिम कटुवाल र रमिला धमलाको मार्मिक दशैँ गीत “पल्टनेलाई के दशैँ तिहार”(हेर्नुहोस)
- प्रकाशित मिति: बुधबार, भाद्र १४ २०७४
- तामाकोसी खबर