यसपालिकै उत्कृष्ट तीज कोशेली “पारिको संगी”बजारमा

  • प्रकाशित मिति: बुधबार, असार २८ २०७४
  • तामाकोसी खबर

कमल सरगम
काठमाण्डौ।
नेपाली सांगीतिक जगतमा धेरै सुनिएको नाम हुन् गायिका देविका केसी र गायक याम छेत्री ।पछिल्लो पटक नारीहरुको महानपर्व हरितालिका तीजको अबसर पारेर अर्को रमाइलो उत्कृष्ट तीज कोशेली “पारिको संगीले”बजारमा आएको छ ।याम छेत्री र देविका केसीको सुमधुर आवाज रहेको गीतमा लय तथा शब्द सृजना प्रबासमा रहेर पनि नेपाली सांगीतिक जगतलाई अगाडी बढाउने अब्बल हस्ती शक्ति छेत्रीको रहेको छ ।गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल शंकर बिसी ,मुना बिष्ट ईश्वर बल्लब र स्मृती राईको रहेको छ ।शंकर बिसीको निर्देशन र राजेश घिमिरेको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोको सम्पादन भने नबिन घर्ती मगरले गरेको हुन् ।
भिडियो हेर्नुहोस :