यो बर्षको तीजकै पहिलो गीत “झुम्रे ज्वाई”को म्यूजिक भिडियो सार्बजनिक

  • प्रकाशित मिति: बिहिबार, असार १ २०७४
  • तामाकोसी खबर

कमल सरगम
काठमाण्डौ ।
सपनात् जो कोहीको पनि हुन्छ मिठो खाने ,राम्रो लगाउने मोज मस्तीमा हुर्कने तर कहिलेकाही परिस्थितिले खाना लगाउन मुस्किल हुन्छ तर केहि एस्तो पनि भएको हुन्छ जसले गर्दा हजारौ नेपालीको घर तहस नहस भएको छ ।श्रीमती घरमा राखेर बिदेशमा जान्छन नेपाली दाजु भाईहरु तर एता श्रीमती अर्कै केटा संग लागेर मोज मस्तिमै जिन्दगि व्यतित भएको देखिन्छ हो यस्तै भएको छ चर्चित सर्जक कस्तुप पन्तलाइ ।
पहिलो पटक तीजको गीतमा अवाजमार्फत सांगीतिक बजारमा आएका बहुचर्चित सर्जक कस्तुप पन्तको यस बर्षको तीज कोशेली “झुम्रे ज्वाई”बजारमा आएको छ ।बहुचर्चित लोक दोहोरी गायिका देवी घर्ती र कस्तुप पन्तको सुमधुर आवाज रहेको गीतमा लय शब्द पनि कस्तुप पन्तले नै गरेका हुन् ।
मौलिक ठेट /तथा समसामयिक सरल बिषयलाई गीतमा समाबेस गरेको पाइन्छ ।गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित हास्य कलाकार सुरबीर पण्डित “दार्ही बा”,राधा लम्साल ,सुष्मिता कार्की ,अशोक पौडेल,तिलक तामाङ् ,जनक बास्तोला लगाएको देख्न सकिन्छ ।
कमेडी रुपमा देखिने म्यूजिक भिडियोको निर्देशन भने प्रकाश भट्टले गरेका हुन् ।करण चैसिरको छायांकनमा तयार गरिएको म्यूजिक भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन् ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना
भिडियो :