रामकुमार कार्कीको सन्देशमुलक गित “अब त गाउमै गइन्छ” सार्वजनिक

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २८ २०७४
  • तामाकोसी खबर

तामाकोसी अनलाइन । रामेछापका कलाकार रामकुमार कार्कीको सन्देशमुलक गित अब त गाउमै गइन्छ सार्वजनिक भएको छ । कुमार कार्कीको शव्द तथा कृष्ण थापाको लय सिर्जनामा रामकुमार कार्की र रेखा लामाको सुमधुर आवाजमा रहेको गितलाई मिलन फिल्मस् प्रोडक्सन प्रा.लि.ले बजारीकरण गरिएको हो ।



रोजगारीको सिलशिलामा विभिन्न देश घुमेर पनि कुनै उन्नति हुन नसकेपछि गाउमै गएर बाख्रापालन, कुखुरापालन बाटै राम्रो आम्दानी लिन सक्ने देखे पछि गाउमै फर्कने सन्देश यो भाकामा छ ।

यस गितमा शहरको चामल भन्दा गाउँकै कोदो मकै फलदायी रहेको सन्देश दिदै स्थानिय उत्पादनलाई प्रोत्साहन गरेको पाइन्छ । मिलन श्रेष्ठको निर्देशन, सागर गौतमको छायाङकन रहेको यस गितको म्यूजिक भिडियोमा विनोद श्रेष्ठ र पुजा भण्डारीको अभिनय रहेकोछ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।