काठमाडौं । जेठ २० गते,
मिस नेपाल–२०१७ को उपाधि निकिता चन्दकले हात पारेकी छिन् । शुक्रबार साँझ होटल अन्नपूर्णमा भएको प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछि पार्दै चन्दक मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
उनलाई सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठले ताज पर्हियाइदिइन् । २२ औं मिस नेपाल विजेता चन्दकले आगामी मिस वल्र्डमा सहभागी हुने अवसर पाउनेछिन् । त्यस्तै मिस नेपाल फस्ट रनर अप रोजिना श्रेष्ठ र सेकेन्ड रनर अप नीति शाह बन्न सफल भइन् । मिस कन्फिडेन्ट र पुपुलर चोइसको अवार्ड समेत निकिता चन्दकले नै जितेकी छिन् । गोल्ड स्टार मिस एथलेट मञ्जरी सिंह, मिस बेस्ट कप्लेक्सन नीति शाह, मिस ब्यूटी विथ पर्पस दृष्टि कट्टवाल र मिस नेपाल एसिया प्यासिफिक इन्टरनेशनल साहारा बस्नेत भएका छन् ।
मिस नेपाल–२०१७ को उपाधि निकिता चन्दकको हातमा
- प्रकाशित मिति: शनिबार, जेष्ठ २० २०७४
- तामाकोसी खबर