“जो मेरै हो भनेर हर दिन हर रात सपनीमा पनि देख्ने गरेको थिए त्यहि मान्छेले छोडेर गएपछि मेरो मन छैन थिरमा आखिर के लेखिदियो मेरो तकदिरमा भाबिले ।किन मैले
चाहेको मान्छे मेरो हुन् पाउदैन र ? यो मेरो जिन्दगीको यात्रा झन् झन् कहालीलाग्दो झन् झन् लामो हुदै छ गन्तब्य भेटिन्न जस्तो छ ।”यस्तै अनेकौ उत्कृष्ट शब्द भावमा अनुबन्धित सम्झौता डिजिटलको गौरबमय प्रस्तुतिमा प्रतिभासाली सर्जक शिला कार्कीको आधुनिक गीत “तकदिर”बजारमा आएको छ । बहुचर्चित गायिका अन्जु पन्त को सुमधुर आवाजमा रहेको गीतमा शब्द शिला कार्कीको रहेको छ भने संगीत सन्तोष रजौरेको छ ।
एकिन्द्र सारा शंकरको निर्देशनमा तयार पारिएको गीतको म्यूजिक भिडियो मा अभिनय चर्चित मोडल धुर्ब हिमाली र सान्ता छन्त्यालको रहेको छ । करण चैसिरको छायांकनमा तयार पारिएको गीतको म्यूजिक भिडियोको सम्पादन भने अमर शाक्यले गरेका हुन् ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
तिभासाली सर्जक शिला कार्कीको आधुनिक गीत “तकदिर”बजारमा
- प्रकाशित मिति: बिहिबार, बैशाख १४ २०७४
- तामाकोसी खबर