कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक क्षेत्रका लामो समय देखि निरन्तर लाग्दै आएका प्रतिभासाली गायक खेमजी रानाको अर्को मौलिक लोकदोहोरी गीत “नाच्दै हात समाउदै”बजारमा आएको छ ।
गीतमा आवाज खेमजी राना ,मुना थापा मगर र खुश्बु बिन्दा मगरको रहेको छ भने लय तथा शब्द खेमजी रानाकै रहेको छ सागर बिरहीको उत्कृष्ट एरेन्जमा तयार पारिएको गीत अहिले निकै चर्चाको सिखरमा छ ।धादिङमा जन्मिएका खेमजीका हरेक गीत मौलिक गीतको रुपमा सुन्न सकिन्छ ।गीतमा अभिनय मनङ् गुरुङ र रिना थापा मगरको रहेको छ भने निर्देशन पनि मनाङ् गुरुङकै रहेको छ ।निर्भाना कला केन्द्रले बजारमा ल्याएको गीतको छायांकन भने नबराज उप्रेतीले गरेका हुन् ।विष्णुहरि तिमिल्सिनाको सम्पादनमा तयार गीतको म्यूजिक भिडियो यो बेला निकै चर्चामा छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना ब्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
गायक खेमजीले मोडल रिनालाई घरमा भित्र्याउछु भनेपछि (हेर्नुहोस)
- प्रकाशित मिति: सोमबार, बैशाख ११ २०७४
- तामाकोसी खबर