मिति २०७३।१२।१२
1 :- नेपालले तय गरेको दिगो विकास लक्ष्य (संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१५ सेप्टेम्बरबाट कार्यान्वयन हुने १५ वर्षे दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्म नेपालको गरिबी कति प्रतिशत कायम गर्ने योजना छ?
– ६ प्रतिशत
2 :- डा. स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा कहिले निधन भयो?
– वि.सं. २०७२ भाद्र ४
3 :- प्रथम विश्वयुद्धमा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले कुन पक्षलाई सहयोग गरेका थिए?
– अंग्रेज
4 :- वि.सं. २०७२ मा प्रदान गरिने गोपाल पाँडे ‘असीम’ पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन्?
– साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा
5 :- नेपालको पहिलो बैज्ञानिक भनी कसलाई चिनिन्छ?
– गेहेन्द्र शमशेर
6 :- प्रतिसेकेन्ड उत्पन्न हुने तरङ्गको सङ्ख्यालाई के भनिन्छ?
– आवृत्ति
7 :- दुई वा दुई भन्दा बढी तत्व बीच रासायनिक प्रतिकृया भई बनेको पदार्थलाई के भनिन्छ?
– यौगिक
8 :- रासायनिक प्रतिक्रियामा भाग लिन सक्ने तत्वको सबैभन्दा सानो कणलाई के भनिन्छ?
– परमाणु
9 :- तत्व वा यौगिकका सबै गुण विद्यमान रहेको सबैभन्दा सानो कणलाई के भनिन्छ?
– अणु
10 :- अमेरिकामा हालै आयोजित ‘फिल्म अफ ग्लोब’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित हुने नेपाली कलाकार को हुन्?
– सुनिल थापा
11 :- SAPTA, BIMSTEC, TRIPS, SAFTA मध्ये विश्व व्यापार संगठन सँग कुन सम्बन्धीत छ?
– TRIPS
12 :- सैपाल हिमाल र उराई भञ्ज्याङ कुन जिल्लामा रहेका छन्?
– बझाङ
13 :- ३५ वर्षभन्दा कम उमेरका मानिसमा विश्वकै धनी बन्न सफल व्यक्ति को हुन्?
– फेसबुका संस्थापक मार्क जुकरवर्ग
14 :- नेपालमा मुल्य अभिबृद्धि कर कहिलेदेखि लागु भएको हो?
– वि.सं.२०५४ मङ्सिर १
15:- तनहुँका अन्तिम राजा हरकुमारदत्त सेन हुन् भने पाल्पाका अन्तिम राजा को हुन?
– पृथ्वीपाल सेन
16 :- विश्वको सबै भन्दा लामो नदि कुन हो ?
→ नाईल(अफ्रिका महादेश)
17:- नयाँ संसार उपनामले कुन महादेशलाई चिनिन्छ ?
→ उत्तर अमेरिका
18:- विश्को सबै भन्दा ठूलो नेसनल पार्क बुड बफेली नेसनल पार्क हो भने, त्यो कुन महादेशमा पर्छ ?
→ उत्तर अमेरिका
19 :- उत्तर र दक्षिण अमेरिका महादेशलाई केले छुट्याएको छ ?
→ पनामा नहर
20 :- नेपाल सरकार गृह मन्त्रालयले अङग्रेजी भाषा प्रयोग गरी नयाँ ढाँचाको नागरिकता कहिले देखी बितरण ग¥यो ?
→ बि.स.२०६६ मंसिर १ गते
