रामेछापको लिखु गाँउपालिका प्रमुखमा नेकपा एमालेबाट को को आकांक्षी ? यि हुन् सम्भावित उम्मेदवार

  • प्रकाशित मिति: बिहिबार, चैत्र ३१ २०७३
  • तामाकोसी खबर

चैत ३१, रामेछाप । स्थानिय तहको चुनावी मिति नजिकीदै गर्दा स्थानिय स्तरमा नेताहरुको उम्मेद्वारी होठवाजी पनि उत्तिकै चुलिएको छ । रामेछाप जिल्लाको लिखु गाँउपालिकामा नेकपा एमालेबाट उम्मेद्वारको आकांक्षीहरु धेरै रहेका छन् । साविकको नागदह गाविसका पुर्व अध्यक्ष आस बहादुर तामाङ , गोविन्द खड्का, नवराज पौडेल, भोजराज कडरिया, कमल कडरियाको उम्मेद्वार चिया पसलहरुमा चर्चाको विषय बनेको छ । सम्भावित मध्ये आस बहादुर तामाङ र गोविन्द बहादुर खड्का विचको जुहारी चल्ने धेरैको अनुमान रहेको छ ।
सम्भावित उम्मेदवारको आकांक्षीहरु
१.आस बहादुर तामाङ


– वि.स. २०३८ सालदेखि कम्युनिष्टमा आबद्ध
– बहुदल अगाडी भारतमा रहेर पनि कम्नीष्ठ आन्दोलनमा सक्रिय रहेको
– वि.स. २०४७ सालमा नेकपा एमालेको वडा कमिटी अध्यक्ष भएको
– वि.स. २०४९ सालमा नेकपा एमालेको गाँउ कमिटी अध्यक्ष भएको
– वि.स. २०४९ सालमा निर्वाचित गाविस अध्यक्ष भएको
– वि.स. २०५४ सालमा निर्वाचित पुन गाविस अध्यक्ष भएको
– विचको समयमा नेकपा एमाले पार्टीमा वडा कमिटी हुदै गाँउ कमिटी क्षेत्रिय कमिटी हुदै मनोनित जिल्ला सचिवालय सदस्यको भुमिका निर्वाह गरेको
– वि.स. २०६७ साल देखि निर्वाचित क्षेत्रिय कमिटी अध्यक्ष हुदै अहिले प्रस्तावित लिखु गाँउपालिका पदेन सचिवालय सदस्य
– सामाजिक कार्यमा नेपाल रेडक्रस सोसाइटी धोवी – नागदह उप शाखाका सभापति दोस्रो कार्यकाल सक्रिय



यस कारण मेरो उम्मेद्वार
– गाविस अध्यक्ष भएर धेरै काम गरेको अनुभवले गर्दा विकास निर्माणमा छुट्टै भिजन भएको
– संविधान कार्यन्वयन र जनताको सुशासनको लागि
– अहिले सम्म नराम्रो काम नगरेको तथा कानुनी मुद्धा मामिलामा कुनै कसुर नभएको
– जनता आफ्नो पक्षमा रहेको
– नेत्रित्व गर्न सक्ने स्पष्ठ क्षमता भएको
– स्थानिय स्रोत साधन समुचित प्रयोग गरी गाँपालिकाको स्तर उन्नती गर्न सक्ने नयाँ भिजन भएको

२.गोविन्द बहादुर खड्का


– अघिल्लो संविधान सभाको चुनावमा राप्रपाबाट टिकट पाएका खड्का हाल नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा विगत १८ महिनादेखि क्रियाशिल
– जनताको लोकप्रियता अथवा कुनै मुद्धामामिलामा नमुछेका व्यक्ति हेरेर पार्टीले स्थान दिने अहिले सम्मको अभ्यास रहेकाले पुराना नेताले मात्र टिकट पाउनु पर्छ भन्नु नमिल्ने दावी ।
– निरन्तर पार्टीको निति निर्देशन पालना गर्दै सक्रिय रहेको
– आफ्नो कामको बारेमा पार्टीले मुल्याङनले गर्दै आफुलाई टिकट दिने विश्वास
यस कारण मेरो उम्मेद्वार
– समय र परिस्थिति अनुसार आफुसंग जनताको माग अनुसारको काम गर्न सक्ने क्षमता भएकोले जनताको विश्वासिलो पात्र भएको
– कुनै सार्वजनिक पदको प्रमुखनै नहुदा पनि विकास निर्माणमा आफुले धेरै सक्रियता देखाएको स्थानिय जनतामाझ छर्लङ्ग भएकोले विकास निर्माणमा कटिवद्ध रहेको
– मेयर नहुदा पनि जनतालाई सहयोगी हागहरु दिइरहेको
–भ्रष्टचार, अत्याचार तथा छलकपटले झिलिएको परिस्थितिमा त्यसको विरुद्ध धावा बोल्ने आफु मात्र योग्य ब्यक्ति
– भुकम्पले थिलथिल भएको गाँउको त्यो अबस्थामा तत्काल एक घर एक पाल घोषणा गरेर व्यवहारिकता पुरा गरेको अनुभव
– गाँउ गाँउमा सबैसंग राम्रो सम्बन्ध भएकोले जनलहर आफ्नो पक्षमा रहेको
यस्तै लिखु गाँउपालिका प्रमुखमा नेकपा एमाले बाट नवराज पौडेल, भोजराज कडरिया र कमल कडरियाको पनि उम्मेद्वार रहेको चर्चा निक्कै चलेका छन् । टिकटको आकांक्षी धेरै भए पनि पुर्व गाविस अध्यक्ष आस बहादुर तामाङको सम्भावना धेरै रहेको जिल्ला तहका नेताहरुले बताएका छन् ।