१. सन् २०१७ फेब्रुअरी १० देखि मार्च ५ सम्म इरानको राजधानी तहरानमा सम्पन्न महिला विश्व चेस प्रतियोगिताको उपाधि कसले जित्यो ?
– तान झोङ्गी (चीन)
२. वि.सं. २०७४ पुस १३ को मन्त्रिपरिषद् बैठकले मिर्गौला फेल भएका, क्यान्सर, स्पाइनल इन्जुरी र अन्य गम्भीर प्रकृतिका बिरामीलाई जीवनवृत्तिका लागि मासिक कति रकम प्रदान गर्ने निर्णय गर्यो ?
– पाँच हजार रुपियाँ
३. लेखनाथ साहित्य पुरस्कार– २०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– संस्कृतिविद् तथा साहित्यकार डा. जगमान गुरुङ (पुरस्कार राशिः रु ५० हजार)
४. सन् २०१७ डिसेम्बरमा लाइबेरियामा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी बन्ने उम्मेदवार को हुन् ?
– पूर्व स्ट्राइकर जर्ज वेह
– चेल्सी, म्यानचेस्टर सिटी र एसी मिलानबाट खेलिसकेका वेहले डिसेम्बर २८ मा सम्पन्न निर्वाचनमा विजय हासिल गरेका । सन् २००३ मा फुटबलबाट सन्यास लिएर राजनीतिमा पाइला चालेका वेह लाइबेरियाको राष्ट्रपति बन्न सफल भएका ।
– ५१ वर्षीय वेह सन् १९९५ मा बालोन डी जित्ने पहिलो गैर युरोपेली खेलाडी बनेका ।
५. बङ्गलादेशका राष्ट्रपति शेख मुजिवुर रहमानको भाषणलाई युनेस्कोले डकुमेन्ट्री सम्पदा दस्तावेजमा कहिले समावेश गरेको हो ?
– सन् २०१७ अक्टोवर ३०
(बङ्गलादेश स्वतन्त्र हुनु अगाडि सन् १९७१ मार्च ७ मा उनले गरेको भाषणलाई सम्पदा सूचीमा समावेश गरिएको ।)
६. २०७४ सालमा प्रदान गरिएको पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?
– डा. तारानाथ शर्मा (प्रत्येक चार वर्षमा प्रदान गरिने यस पुरस्कारको राशि रु. ४ लाख रहेको ।)
(त्यस्तै प्रत्येक दुई वर्षमा प्रदान गरिने एक लाख रुपियाँ राशिको नेपाल प्रज्ञा पुरस्कार (२०७४) बाट प्रा.डा. रामावतार यादव, प्रत्येक दुई वर्षमा प्रदान गरिने एक लाख रुपियाँ राशिको नेपाल प्रज्ञा संस्कृति पुरस्कारबाट प्रा.डा. विणा पौडेल, प्रत्येक वर्ष प्रदान गरिने एक लाख रुपियाँ राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कारबाट ध्रुव सापकोटा एवम् प्रत्येक वर्ष प्रदान गरिने एक लाख रुपियाँ राशिको नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट सोमबहादुर धिमाल र धनबहादुर माझी सम्मानित भएका ।
७. प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलको स्थापना कहिले भएको हो ?
– सन् १९२३ सेम्टेम्बर ७
– हाल इन्टरपोलका सदस्य राष्ट्र १९० रहेका ।
– यसको प्रधान कार्यालय फ्रान्सको लियोनमा रहेको ।
– यस वर्ष रोनाल्डोले विश्वकै प्रतिष्ठित बालोन डी ओर पुरस्कार पनि हात पारेका ।
९. नेपालमा हाल पाइने चराका प्रजातिको सङ्ख्या कति रहेको छ ?
– ८८७
(२०७४ वैशाख ८ मा चितवनमा ठूलो धावकेहामा चिल नामक चरा पाइएपछि नेपालमा पाइने चराका प्रजातिको सङ्ख्या ८८७ पुगेको ।)
१०. जीवित देवी मानिने कुमारीको प्रचलन कहिलेदेखि सुरु भएको हो ?
– लिच्छवि काल
– कुमारीको छनोट शाक्य समुदायबाट गरिने ।
– १२ वर्ष उमेर पुगेपछि कुमारी फेर्ने चलन रहेको ।
– गणतन्त्रको स्थापना पश्चात् पहिलो कुमारीका रूपमा मनिता शाक्य (वि.सं. २०६५) र दोस्रो कुमारीका रूपमा तृष्णा शाक्य (१२ असोज २०७४) चयन भएका ।