धरातलको आधारमा नेपालको वर्गीकरण

  • प्रकाशित मिति: मंगलबार, कार्तिक ७ २०७४
  • तामाकोसी खबर

धरातलको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको  ?
– 3 ( हिमाल,पहाड  तराई )
हिमाली प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित  ?
– 4877 मि – 8848 मिटरसम्म
हिमाली प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको  ?
– 15 प्रतिशत
हिमाली प्रदेशमा कति जिल्ला पर्दछन ?
– 16 जिल्ला
हिमाली प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ?
– मुख्य हिमालय , भित्री हिमालय  सिमान्त हिमालय
पहाडी प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित  ?
– 610 मि – 4877 मिटरसम्म
पहाडी प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको  ?
– 68 प्रतिशत
पहाडी प्रदेशमा कति जिल्ला पर्दछन ?
– 39 जिल्ला
पहाडी प्रदेशलाई कुन कुन 3 भागमा विभाजन गर्न सकिन्छ ?
– 3 ( सिवालिक श्रेणी , महाभारत पर्वत  मध्यभूमि )
तराई प्रदेश समुद्र सतहबाट कति कति उचाइमा अवस्थित  ?
– 59 मि – 610 मीटर
तराई प्रदेशले नेपालको कति प्रतिशत भूभाग ओगटेको  ?
– 17 प्रतिशत
तराई प्रदेशको फैलावट कति  ?
– 25-30 किलोमिटरसम्म