नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकियो

  • प्रकाशित मिति: बुधबार, असोज २५ २०७४
  • तामाकोसी खबर

काठमाडौं । असोज २५ गते,
एएफसी एसियन कप फुटबल छनोटअन्तर्गतको चौथो खेलमा नेपाल ताजिकिस्तानसँग ३–० ले पराजित भएकोे छ । मंगलबार ताजिकिस्तानमा भएको खेलमा घरेलु टोलीले तीनओटै गोल पेनाल्टीमार्फत् गरेको हो । ताजिकिस्तानले २०, ६० र ८७औं मिनटेमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । यो हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना पनि लगभग सकिएको छ ।
यसअघि, गत भदौ २० गते नेपालमै भएको खेलमा नेपाल ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । समूह ‘एफ’मा रहेको नेपाल चार खेलबाट १ अंक जोड्दै तालिकाको पुछारमा छ । नेपालले अब फिलिपिन्ससँग घरेलु मैदानमा र यमनसँग उसैको मैदानमा खेल्न पनि बाँकी छ ।