रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा मलामी जाने क्रममा खोलामा डुबेका पुरुष मृत फेला परेका छन् । दोलखाको जिरी नगरपालिका वडा नम्बर २ भिर खर्कका कुलबहादुर विक मृत फेला परेका हुन् । उनी शुक्रवार बिहान गोकुलगंगा गाउँपालिका–२ ठोसे बजारस्थित खिम्ती खोलामा मलामी गएका थिए । ठोसेमा रहेका एक जना आफन्तको निधन भएपछि दुई छोरा सहित मलामी गएका विक खोलामा डुबेका थिए । शुक्रवार बिहान करिब ९ बजे खोलामा डुबेका उनी दिउँसो करिब एक बजे खोलाभित्रै मृत भेटिएको ठोसेका वडाध्यक्ष सुन्दर कार्कीले जानकारी दिनुभयो । मादक पदार्थ समेत सेवन गर्ने गरेका विक कपडा समेत खोलिराखेर खोलामा पसेका थिए । तर, खोलाको गहिराइमा पुगेका उनी बाहिर निस्किन नसकेपछि त्यही डुबेर मृत्यु भएको बताइएको छ । छिमेकीहरूका अनुसार उनी मलामी जाँदा वा अन्य कुनै कामले खोलामा पुग्दा प्राय खोलामा पस्ने गरेका थिए ।
मलामी गएका दोलखा भिर खर्कका कुलबहादुर विक खिम्ती खोलामा मृत भेटिए
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ ११ २०८१
- तामाकोशी