इरानी ड्रोन आक्रमणमा यूएईमा १५ नेपाली घाइते, एक जनाको मृत्यु

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २७ २०८२
  • तामाकोशी

काठमाडौं । परराष्ट्र मन्त्रालय ले इरानबाट भएको ड्रोन आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा १५ जना नेपाली घाइते भएको जनाएको छ।

बुधबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्का ले उक्त जानकारी दिएका हुन्। उनका अनुसार घाइते भएका १५ नेपालीमध्ये १४ जनाले उपचारपछि पुनः काममा फर्किसकेका छन्।



इरानबाट गरिएको ड्रोन आक्रमणका क्रममा उनीहरू घाइते भएका थिए। उक्त घटनामा एक जना नेपालीको भने मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ।